मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

बेलायतद्वारा सहायता बजेट कटौती : नेपालसहित दक्षिण एसियाका जनस्वास्थ्यमा असर

बेलायतद्वारा सहायता बजेट कटौती : नेपालसहित दक्षिण एसियाका जनस्वास्थ्यमा असर


काठमाडौँ । बेलायत सरकारले कोभिड–१९ महामारीको सङ्कटसँग सामना गरिरहेका नेपालसहित दक्षिण एशियाली र अन्य देशमा  जनस्वास्थ्यका क्षेत्रमा प्रदान गर्दै आएको सहायता बजेटलाई कटौती गरेको छ । 
 
उसले अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघ (आइपिपिएफ)मार्फत् सहयोग गर्दै आएको करिब एकसय मिलियन अमेरिकी डलर कटौती गरेको जनाइएको छ । सो महासंघमा नेपाल परिवार नियोजन संघसहित विश्वका १४१ देशका परिवार नियोजन संघ आबद्ध छन् । अब ती देशका  सीमन्तकृत किशोर किशोरी, युवा तथा महिलाहरु यौन तथा प्रजनन स्वास्थ्य सेवाबाट बञ्चित हुनेछन् । 
 
बजेट कटौतीको असर विशेष गरी ती देशका मानवीय विपद् प्रभावित क्षेत्रका सीमान्तकृत समुदायलाई प्रदान गरिँदै आइएको  यौन तथा प्रजनन् स्वास्थ्य सेवालाई प्रत्यक्ष असर पु¥याउने जनाइएको छ । साथै सहायता कटौतीले ती देशमा यौन तथा प्रजनन् स्वास्थ्य सेवाका क्षेत्रमा  सञ्चालित परियोजना समेत बन्द हुने अवस्थामा पुगेका छन् ।
 
नेपाल परिवार नियोजन सङ्घका व्यवस्थापक डा नरेशप्रताप केसीले सहायता कटौतीले  सङ्घले कार्यान्वयन गरिरहेको पहुँच परियोजना बन्द हुने अवस्थामा पुगेको जानकारी दिए । परियोजना बन्द हुँदा  किशोरी तथा महिला यौन तथा प्रजनन् स्वास्थ्य सेवाबाट वञ्चित हुने उनले बताए । यसबाट विशेषगरी मानवीय विपद् क्षेत्रका लगभग एक लाख बीस हजार सीमान्तकृत तथा जोखिम समुदायका व्यक्ति ती सेवाबाट प्रत्यक्ष प्रभावित हुनेछन् । 
 
संघले सहायता कटौतीले सेवा प्रभावितका साथै केही दक्ष सेवा प्रदायक तथा कर्मचारीको कटौतीमा पनि पर्ने देखिने जनाएको छ । संघले हरेक चुनौतीका अगाडि नयाँ सम्भावना पनि हुने जनाउँदै आफ्नो श्रोत, साधन र क्षमताले भ्याएसम्म यौन तथा प्रजनन् स्वाथ्य सेवा निरन्तर जारी राख्ने व्यवस्थापक डा केसीले बताए । सामान्य तथा  मानवीय विपदका अवस्थामा पनि स्वास्थ्य र सेवामा समर्पित रहने संघले जनाएको छ । 
 
अमेरिकी राष्ट्रपति जो वाइडनले यौन तथा प्रजनन् स्वास्थ्यको नीति ‘ग्लोबल ग्याग रुल’लाई हटाउने हालै निर्णय गरेका थिए । सो निर्णयलगत्तै बेलायतले पनि दक्षिण एशियाली मुलुकलाई जनस्वास्थ्यका क्षेत्रमा प्रदान गरिरहेको सहायता बजेट कटौती गर्ने निर्णय गरेको बताइएको छ । रासस