मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मंगलबार थपिए २७४५ संक्रमित, ४१८७ जना संक्रमणमुक्त, ४१ जनाको मृत्यु

मंगलबार थपिए २७४५ संक्रमित, ४१८७ जना संक्रमणमुक्त, ४१ जनाको मृत्यु


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा २७४५ जना कोरोना संक्रमित थप भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ७४४९ जनामा गरिएको पिसिआर परीक्षणमा क्रममा १६८१ र ५८४१ जनामा गरिएको एन्टिजेन परीक्षणका क्रममा १६४ जना गरी २७४५ जना संक्रमित थप भएका हुन् । 
 
यस्तै, पछिल्लो २४ घन्टामा संक्रमणमुक्त हुनेको संख्या ४१८७ रहेको छ । मंगलबार कोरोना संक्रमणका कारण ४१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 
 
नेपालमा हालसम्म ६ लाख १२ हजार २०२ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ५ लाख ४० हजार ४३९ जना संक्रमणमुक्त भएका छन् । 
 
अहिले सक्रिय संक्रमितको संख्या ६३ हजार २५७ जना रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये ६३ हजार २५७ जना होम तथा संस्थागत आइसोलेसनमा र ५१५ जना क्वारेन्टाइनमा रहेका छन् ।