नेपाल

मंगलबार थपिए २७४५ संक्रमित, ४१८७ जना संक्रमणमुक्त, ४१ जनाको मृत्यु

मंगलबार थपिए २७४५ संक्रमित, ४१८७ जना संक्रमणमुक्त, ४१ जनाको मृत्यु


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा २७४५ जना कोरोना संक्रमित थप भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ७४४९ जनामा गरिएको पिसिआर परीक्षणमा क्रममा १६८१ र ५८४१ जनामा गरिएको एन्टिजेन परीक्षणका क्रममा १६४ जना गरी २७४५ जना संक्रमित थप भएका हुन् । 
 
यस्तै, पछिल्लो २४ घन्टामा संक्रमणमुक्त हुनेको संख्या ४१८७ रहेको छ । मंगलबार कोरोना संक्रमणका कारण ४१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 
 
नेपालमा हालसम्म ६ लाख १२ हजार २०२ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ५ लाख ४० हजार ४३९ जना संक्रमणमुक्त भएका छन् । 
 
अहिले सक्रिय संक्रमितको संख्या ६३ हजार २५७ जना रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये ६३ हजार २५७ जना होम तथा संस्थागत आइसोलेसनमा र ५१५ जना क्वारेन्टाइनमा रहेका छन् ।