नेपाल

नेपालमा थपिए २९१८ जनामा संक्रमित, ५३ जनाको मृत्यु

नेपालमा थपिए २९१८ जनामा संक्रमित, ५३ जनाको मृत्यु


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप २९१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ९४३८ पिसिआर परीक्षणमा २०४९ जनामा र ५३८१ एन्टिजेन परीक्षणमा ८६९ जना गरी २९१८ जनामा संक्रमण पुष्टि भएको हो ।
 
पछिल्लो २४ घन्टामा थप ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८४६५ पुगेको छ । मन्त्रालयका अनुसार गत २४ घन्टामा ५१४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । 
 
यससँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ लाख ३६ हजार २५२ पुगेको छ । हाल देशभर ६५ हजार ८०४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ६१ हजार १२२ जना होम आइसोलेसनमा र ४६८२ जना संस्थागत आइसोलेसन रहेका छन् । जसमा ९९५ जना आइसियूमा र ३२४ जना भेन्टिलेटरमा उपचाररत छन् ।
 
मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ९ सय ९४ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ६८ हजार ९ सय ५५  जना सक्रिय संक्रमित रहेका छन्।