मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा थप २४०७ जनामा कोरोना संक्रमण पुष्टि, ४६ जनाको मृत्यु

नेपालमा थप २४०७ जनामा कोरोना संक्रमण पुष्टि, ४६ जनाको मृत्यु


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप २४०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ७५१७ पिसिआर परीक्षणबाट १६९४ र ४ हजार ८ सय ८९ एन्टिजेन परीक्षणबाट ७ सय १३ जनामा संक्रमण पुष्टि भएको हो।
 
पछिल्लो २४ घन्टामा थप ४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृतयु हुनेको संख्या ८४१२ पुगेको छ । मन्त्रालयका अनुसार गत २४ घन्टामा ३९९४ जना कोरोना संक्रमणमुक्त भएका छन् । 
 
यससँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ लाख ३१ हजार १७ पुगेको छ । हाल देशभर ६८ हजार ९५५  जना सक्रिय संक्रमित रहेका छन्।
 
मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ९ सय ९४ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ६८ हजार ९ सय ५५  जना सक्रिय संक्रमित रहेका छन्।