नेपाल

नेपालमा थप २४०७ जनामा कोरोना संक्रमण पुष्टि, ४६ जनाको मृत्यु

नेपालमा थप २४०७ जनामा कोरोना संक्रमण पुष्टि, ४६ जनाको मृत्यु


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप २४०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ७५१७ पिसिआर परीक्षणबाट १६९४ र ४ हजार ८ सय ८९ एन्टिजेन परीक्षणबाट ७ सय १३ जनामा संक्रमण पुष्टि भएको हो।
 
पछिल्लो २४ घन्टामा थप ४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृतयु हुनेको संख्या ८४१२ पुगेको छ । मन्त्रालयका अनुसार गत २४ घन्टामा ३९९४ जना कोरोना संक्रमणमुक्त भएका छन् । 
 
यससँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ लाख ३१ हजार १७ पुगेको छ । हाल देशभर ६८ हजार ९५५  जना सक्रिय संक्रमित रहेका छन्।
 
मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ९ सय ९४ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ६८ हजार ९ सय ५५  जना सक्रिय संक्रमित रहेका छन्।