मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

म्यानमारको सैन्य प्रशासनले सूचीविरुद्ध गम्भीर भ्रष्टाचारको मुद्दा दायर

म्यानमारको सैन्य प्रशासनले सूचीविरुद्ध गम्भीर भ्रष्टाचारको मुद्दा दायर


न्यापित । म्यानमारको सैन्य प्रशासनले अपदस्थ नेतृ आङ साङ सूचीविरूद्ध सबैभन्दा गम्भीर भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । जसलाई सूचीको दल नेशनल लिग फर डेमोक्रेसीले सूचीलाई फसाउन लगाइएको झुठा आरोप भनेको छ ।
 
सैनिक प्रशासनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सूचीलाई घूसको रूपमा नगद र सुन लिएको आरोप लगाइएको जानकारी गराएको छ ।
 
यस आरोपमा सूची दोषी पाइएको खण्डमा १५ वर्ष जेल सजाय हुन सक्नेछ । यसबाहेक उनीमाथि अवैध रूपले सञ्चार सेट आयात गर्ने र सार्वजनिक अशान्ति पैदा गरेको आरोपमा पनि मुद्दा दर्ता गरिएको छ ।
 
फेब्रुअरी १ मा सैन्य प्रशासनले सत्ताको बागडोर जम्हालेपछि सूचीलाई पक्राउ गरिएको थियो । त्यसयता नजरबन्दमा भएकी सूची अदालतमा अत्यन्त कम देखिएकी छन् । उनको दलका दर्जनौँ नेता तथा कार्यकर्तालाई पनि विभिन्न आरोपमा पक्राउ गरिएको छ । 
 
म्यानमारमा सेनाले सत्ताको बागडोर सम्हालेसँगै भएका प्रदर्शनमा सूचीलाई सघाएको आरोपमा सयौँ नागरिकको हत्या गरिएको छ । एएनआई
 

शेयर गर्नुहोस:

27
Shares