मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कास्कीका अग्रज पत्रकार बाँस्तोलाको कोरोनाका कारण निधन

कास्कीका अग्रज पत्रकार बाँस्तोलाको कोरोनाका कारण निधन


पोखरा । नेपाल पत्रकार महासंघ कास्की शाखा सदस्य एवं अग्रज पत्रकार यज्ञप्रसाद बाँस्तोलाको कोरोना सङ्क्रमणका कारण ७० वर्षको उमेरमा निधन भएको छ ।
 
कोरोना सङ्क्रमण पुष्टि भएपछि रिजनल अस्पताल पोखरामा उपचार गराइरहेका उनलाई थप उपचारका लागि चरक अस्पताल भर्ना गरिएकामा बिहीबार बिहान ३ः१० बजे उपचारका क्रममा निधन भएको हो । कास्कीको पुरञ्चौरमा जन्मिएर हाल पोखरा महानगरपालिका–५ मा स्थायी बासिन्दा रहेका स्व बाँस्तोलाका दुई श्रीमती, तीन छोरा र एक छोरी छन् । 
 
पोखरामा झण्डै चार दशक पत्रकारिता गरेका स्व बाँस्तोलाले पोखराको माछापुच्छ्रे एफएम, माइक्रो न्यूज, आदर्श समाज र स्वतन्त्र सन्देशमा कार्यक्रम प्रस्तोतादेखि सहसम्पादक र सम्पादकको भूमिका निर्वाह गरेका छन् । 
 
यसैबीच, बाँस्तोलाको निधनप्रति नेपाल पत्रकार महासंघ कास्कीले चरक अस्पताल परिसरमा श्रद्धाञ्जली सभा गरेको छ । सभामा महासंघकी अध्यक्ष विमला भण्डारी र केन्द्रीय सदस्य त्रिभुवन पौडेलले पत्रकारिताका क्षेत्रमा उनले गरेको योगदानको चर्चा गरेका थिए । 
 
असामयिक निधनप्रति नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिलगायतका पत्रकार सम्बद्ध संघसंस्थाले शोक वक्तव्य प्रकाशित गर्दै दुःख व्यक्त गरेका छन् ।
 
बाँस्तोलाको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, ऊर्जाशील, इमान्दार र यस क्षेत्रको एक अभिभावक गुमाएको उल्लेख गर्दै विज्ञप्तिमा स्व पत्रकार बाँस्तोलाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ । यसअघि कास्कीका युवा पत्रकार जगन्नाथ पौडेल ९गणेश०को पनि कोरोना सङ्क्रमण भई निधन भएको थियो ।