मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा आइतबार सङ्क्रमितभन्दा निको हुने दोब्बर

नेपालमा आइतबार सङ्क्रमितभन्दा निको हुने दोब्बर


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाबाट सङ्क्रमित हुनेभन्दा निको हुनेको संख्या दोब्बर देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल १३ हजार ७३३ नमुना परीक्षण गरिएकामा तीन हजार ४७९ मात्रै सङ्क्रमित भएका छन् ।
 
यस्तै आइतबार निको हुनेको संख्या छ हजार ६३६ रहेको छ । मन्त्रालयको विवरणअनुसार कूल १० हजार ४७१ पिसिआर विधिबाट परीक्षण गरिएको छ भने तीन हजार २६२ भने एन्टिजेन विधिबाट परीक्षण गरिएको छ ।
 
नेपाली सेनाले विभिन्न मितिमा शव व्यवस्थापन गरेकासमेत कुल ९९ जनाको दुःखद् निधन भएको छ । यो संख्यासहित हालसम्म कुल सात हजार ८९८ जनाको कोरोनाका कारण निधन भएको छ ।
 
मन्त्रालयका अनुसार हालसम्म कुल पाँच लाख ८८ हजार १२४ जनामा कोरोना सङ्क्रमण भएको छ भने चार लाख ९१ हजार ९ जना निको भएका छन् । मन्त्रालयका अनुसार नौ वर्ष उमेरसम्मका कूल ३५ जनाको ज्यान गएको छ ।
 
यस्तै १० देखि १९ वर्ष उमेर समूहका ३७, २० देखि २९ वर्षका २२६, ३० देखि ३९ वर्षका ६५९, ४० देखि ४९ सम्मका एक हजार १६१, ५० देखि ५९ वर्ष उमेर समूहका एक हजार ५६४ र ६० वर्षभन्दा माथिका कुल चार हजार २१६ जनाको कोरोनाका कारण निधन भएको छ ।
 
काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा १२ हजार ६७२ जना सक्रिय कोरोना सङ्क्रमित छन् । कूल एक लाख ७९ हजार ८७२ निको भएका छन् भने एक हजार ६९४ जनाको निधन भएको छ ।
 
यस्तै, भक्तपुरमा कूल तीन हजार ८१२ सक्रिय सक्रमित रहँदा १६ हजार ६९२ जना निको भएका छन् भने ३३७ जनाको निधन भएको छ । यस्तै, ललितपुरमा चार हजार ९४३ सक्रिय सङ्क्रमित हुँदा २९ हजार ४८८ निको भएका छन् । यस्तै, सो जिल्लामा कोरोनाका कारण ४८२ जनाको निधन भएको छ । रासस