मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

शुक्रबार थप ६६५३ जना संक्रमित, ८६६३ निको, १०१ जनाको मृत्यु

शुक्रबार थप ६६५३ जना संक्रमित, ८६६३ निको, १०१ जनाको मृत्यु


काठमाडौँ । नेपालमा शुक्रबार कोभिड–१९ का ६६५३ सङ्क्रमित थपिएका छन् । यस्तै, विगत चौबीसघन्टामा आठ हजार ६६३ सङ्क्रमणमुक्त भएका छन् । 
 
देशभरमा कुल २० हजार ८१३ को परीक्षण भएको थियो । तीमध्ये पिसिआर १४ हजार १८२ र एन्टिजेन विधिबाट ६६३१ जनाको परीक्षण भएको थियो । कोभिडका कारण पछिल्लो २४ घन्टामा १०१ को मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सहित नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७७३१ पुगेको छ ।  
 
देशभरका अस्पतालका भेन्लिेटरमा ४०४ र सघन उपचार कक्षमा १४२२ सङ्क्रमित छन् । संस्थागत आइसोलेसनमा ६८०७ र होम आइसोलेसनमा ९० हजार ८५२ सङ्क्रमित छन् । 
 
हालसम्म देशभरका २१ लाख १३ हजार ८० जनाले पहिलो र छ लाख ९१ हजार १८४ ले दोस्रो मात्रा खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ रहेका छन् । 

शेयर गर्नुहोस:

0
Shares