काठमाडौँ । नेपालमा गत २४ घन्टामा ७२१९ जना कोरोनामुक्त भएका छन् । यस अवधिमा देशभर गत बुधबार ५३१६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घन्टामा १०१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५५५ पुगेको छ ।
गत यस अवधिमा देशभर ५३१६ जना कोरोना भाइरस सङ्क्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले बताए । पिसिआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घन्टामा १३ हजार ८०५ जनाको नमुना पिसिआर र ३०७३ जनाको एन्टिजेन विधिबाट नमुना परीक्षण गरिएको थियो । हाल सङ्क्रमण दर ३२.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख एक हजार ९९३ पुगेको छ ।
काठमाडौँ उपत्यकामा बुधबार मात्र १४५६ जना सङ्क्रमित थपिएका छन् । काठमाडौँ जिल्लामा ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना कोरोना सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । पछिल्लो समय कोरोना भाइरस (कोभिड-१९) बाट निको हुने दर ८०.८ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया