काठमाडौँ । नेपालमा चौबीसघन्टामा थप ६०८५ जना संक्रमित भएका छन् । देशभरका विभिन्न प्रयोगशालामा १७ हजार १४७ को पिसिआर र ३०१८ जनाको एन्टिजेन परीक्षण गर्दा पिसिआरमार्फत ५२८५ र एन्टिजेनमार्फत ८०० जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै एकैदिन ६८९८ जना निको भई घर फर्किएका छन् ।
मन्त्रालयका अनुसार पछिल्ला २४ घन्टामा कोरोनाबाट ६८ जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट सात हजार ७४५४ को ज्यान गएको छ ।
मंगलबारसम्म नेपालमा पाँच लाख ६६ हजार ५८७ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
सङ्क्रमितमध्ये चार लाख ५४ हजार ३४४ जना सङ्क्रमणमुक्त भएका छन् । कोरोनामुक्त हुनेको दर ८०.१९ प्रतिशत रहेको छ । सक्रिय संक्रमितको संख्या एक लाख ४ हजार ७८९ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया