मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विवेकशील साझाका नेता उज्ज्वल थापाको निधन

विवेकशील साझाका नेता उज्ज्वल थापाको निधन


काठमाडौँ । विवेकशील साझा दलका नेता उज्वल थापाको ४४ वर्षको उमेरमा निधन भएको छ । 
 
कोरोना संक्रमणका कारण गम्भीर बिरामी परेका उनको ग्राण्डी अस्पतालमा उपचार भर्ना गरिएकोमा स्वास्थ्यमा सुधार नभएपछि जेठ १४ गते मेडिसिटी अस्पतालमा उपचार गरिएकोमा मंगलबार ४ः२५बजे निधन भएको पार्टीका संयोजक मिलन पाण्डेले जानकारी दिए ।

 
मेडिसिटी अस्पतालका अनुसार थापाको सोमबार पिसिआर नतिजा नेगेटिभ आए पनि शरीरका अंगहरुले प्रभावकारीरुपमा काम गर्न नसकेको र जटिल संक्रमणका कारण स्वास्थ्य पूर्वस्थितिमा फर्किन सकेन । 
 
अस्पतालद्वारा जारी वक्तव्यमा चिकित्सकहरुको अथक प्रयास र सबैको शुभेक्षाका बाबजुद पनि उहाँको शारीरिक अवस्था सुदृढ हुन नसकेको बताइएको छ ।