मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

कांग्रेसको समन्वयमा स्वास्थ्य उपकरण सहजीकरण अभियान

कांग्रेसको समन्वयमा स्वास्थ्य उपकरण सहजीकरण अभियान


काठमाडौँ । कोभिड–१९ महामारी रोकथाम र उपचारमा सहजताका लागि विषयगत सेवा उपलब्ध गराउन बायो मेडिकल इञ्जिनियरहरुको स्वयंसेवी समूह निर्माण गरी निःशुल्क सेवाको ‘स्वास्थ्य उपकरण सहजीकरण अभियान’ प्रारम्भ गरिएको छ ।
 
नेपाली कांग्रेसको समन्वयमा सबै अस्पताल, स्थानीय स्वास्थ्य संस्था तथा होम आइसोलेसनमा रहेका कोरोना सङ्क्रमितले प्रयोग गरिरहेका उपकरणमा प्राबिधिक समस्याको निःशुल्क समाधान गर्ने उद्देश्यले सो अभियान सुरुआत  गरिएको हो ।  कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी त्यस्ता उपकरणको सही ढंगले प्रयोग गर्न आवश्यक ज्ञान जरुरी परेकालाई स्थिति अनुकूल प्रत्यक्ष अथवा जुम, वाट्सएप, भाइभर, इमो, म्यासेन्जर, फोन आदि माध्यमबाट प्रशिक्षित गरिने जानकारी दिए ।
 
कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको नेतृत्व तथा पार्टीको शुभेच्छुक संस्था सिडेनको सहभागितामा देशै भरी बायो मेडिकल इञ्जिनियरहरुको ‘अभियान संयोजन समूह’ले अभियानलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्ने उनले बताए । अभियानमार्फत लाभान्वित हुन चाहने अस्पताल, स्थानीय स्वास्थ्य संस्था, सङक्रमित व्यक्ति, संक्रमितका परिवार या स्थानीय स्वयंसेवीले ‘केन्द्रीय रेस्पोन्स टिम’ वा अभियानको प्रदेश संयोजक या सदस्यलाई सम्पर्क राख्न सक्नेछन् । सम्भव भएसम्मका ठाउँमा बायो मेडिकल इञ्जिनियरहरुले भौतिक रुपमै पुगेर सेवा दिनुहुनेछ भने स्थिति अनुरुप प्रविधिको अन्य विविध माध्यमबाट लाभान्वित हुन सकिने प्रवक्ता शर्माले जानकारी दिए ।
 
विभाग सदस्य एवं प्रविधि उपसमितिका संयोजक ई. दिपेश बिष्ट (९८५१०७६०३०), सिडेनका अध्यक्ष ई. उमेशप्रसाद थानी (९८५१०८९४४८) र विभाग सदस्य तथा नेपाल मेडिकल एसोसिएसनका पूर्वअध्यक्ष डा. अन्जनीकुमार झा (९८५१११७५३८) रहेको ‘मूल समन्वय समिति’ गठन गरिएको छ । बायोमेडिकल इञ्जिनियरहरुको देशव्यापी रूपमा संयोजन ई. हरिराम दवाडीले गर्ने पार्टी कार्यालयले जनाएको छ ।
 
अभियानको ‘केन्द्रीय रेस्पोन्स टिम’मा संयोजक दवाडी (९८५१०६५२०८) र सदस्यहरु ई. अमितकुमार चौधरी, ई. मुकुन्द खतिवडा, ई. सुशील तिमिल्सिना, ई. पंकजकुमार झा, ई. ताचल निरौला, ई. आस्था न्यौपाने, ई. मणिराज पनेरु, ई. नितु श्रेष्ठ, ई. सुरज शर्मा, ईं प्रज्वल वाग्ले, ई. उत्तम श्रेष्ठ, ई. मिहिर खकुरेल, ई. दिपेश चौधरी र ई. सुबोध अधिकारी रहेका छन् ।  
अभियानलाई प्रदेशस्तरीय रूपमा संयोजन गर्न प्रदेश नं १ मा ई।हरिकुमार देव (९८५२०४९१४१) र ई. प्रदीपराज साह (९८४९१३९२७९), प्रदेश नं २ मा मनोजकुमार दास संयोजक (९८५५०२४८२८), ई. सन्तोषकुमार साह (९८४९९३७९७७) र ई. जुनाद इकबाल (९८१४२७४७०४) तथा बागमती प्रदेशमा ई. शिवलाल चालिसे (९८५५०६४८७८) र ई. रविरमण अधिकारी (९८५५०५२४८६) को टिम रहेको प्रवक्ता शर्माले जानकारी दिए ।
 
त्यस्तै, गण्डकी प्रदेशमा ई. सुरेन्द्र पाण्डे (९८५६०३५९०४) र  ई. रवीन्द्र बास्ताकोटी (९८५६०३८४३०), लुम्बिनी प्रदेशमा ई. अनुप चौधरी (९८५१२३३८५५) र ई. शरद भण्डारी (९८५११५९५३९), कर्णाली प्रदेशमा ई. हरि केसी (९८५८०२३३५३) र ई. सन्देश क्षेत्री (९८४३६०११२७) तथा सुदूरपश्चिम प्रदेशमा ई. अरुणकुमार जोशी (९८५८४७७७५०) र ई. जय साउद (९८६८८२२९६८) रहेको टिम गठन गरिएको छ ।
 
अभियानको संस्थागत घोषणा सार्वजनिक गर्नु केही समयअघि देखि नै अभियानले आन्तरिक रूपमा प्राप्त सूचनाहरुका आधारमा सेवा दिन प्रारम्भ गरिसकेको छ । सार्वजनिक घोषणाले विस्तारित क्षेत्रमा लाभ पु¥याउने लक्ष्यलाई सघाउने अभियानको विश्वास छ । अभियान आवश्यकता र परिस्थिति अनुरुप महामारीसँग जुध्नुपर्ने जरुरी समयसम्म चल्ने बताइएको छ । रासस