ड्यालस (टेक्सस)– गैर अावासीय नेपाली संघ (एनअारएनए) टेक्सस च्याप्टरको अध्यक्षमा सोफिन थापा विजयी भएका छन् ।
सोमबार बिहान घोषित परिणाम अनुसार थापाले एकहजार ५ सय २४ मत प्राप्त गरे । त्यस्तै उनका प्रतिस्पर्धी सन्देश उप्रेतीले एकहजार ४ सय ४९ मत प्राप्त गरेका थिए ।
थापा टेक्सस च्याप्टरका वहालवाला सचिव पनि हुन् । दुइ वर्ष अघि सम्पन्न च्याप्टर निर्वाचनमा पनि सचिव पदमा थापा र उप्रेतीबीचनै प्रतिस्पर्धा भएको थियो ।
हेर्नुहोस्-वृस्तृत चुनावी परिणाम
https://www.nrnusa.org/media/election_document/Election-Result-_2021.pdf
प्रतिक्रिया