मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल नेपाली   

एनआरएनए अमेरिका चुनाव : अध्यक्षमा बुद्धि सुवेदी जिते

एनआरएनए अमेरिका चुनाव : अध्यक्षमा बुद्धि सुवेदी जिते


शेयर गर्नुहोस:

30.6k
Shares

  • change font
  • change font
  • change font

न्यूयोर्क (अमेरिका) ­- गैर अावासीय नेपाली संघ (एनअारएनएए)अमेरिकाको आगामी नेतृत्वका लागि भएको चुनावमा बुध्दि सुवेदी विजयी भएका छन् । 

निकै रस्साकस्सी र चर्चाको केन्द्रमा रहेको निर्वाचनमा सुवेदी विजयी भएका हुन् । उनले ५६१८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी कृष्ण लामिछानेले ५ हजार २ सय मत प्राप्त गरेका छन् । 

Advertisement
अध्यक्षका अर्का उम्मेदवार डा. अर्जुन बञ्जाडेले ४ हजार १ सय ४८ मत प्राप्त गरे भने तिलक केसीले ५ सय ६७ मत पाएका छन् । 

सन् २०२१-२३ कार्यकालका शनिबार र अाइतबार दुइ दिन मतदान भएको थियो । यो मतदानमा १५ हजार ७ सय ६८ सदस्यले अाफ्नो मताधिकार प्रयोग गरेका छन् । 

वरिष्ठ उपाध्यक्षमा ६ हजार ८ सय ५० ल्याई कृष्णजीवी पन्त बिजयी भएका छन् । उनका निकटम प्रतिद्धन्द्धीमा बीआर लामा आएका छन् । उनले ५ हजार १ सय ९० मत ल्याए । 

महासचिवमा अन्जनकुमार चाैलागाइ ६ हजार ३ सय १२ मत प्राप्त गरेर विजयी भए । उनका प्रतिस्पर्धी विनोद भट्टले ५ हजार १ सय ४५ मत प्राप्त गरे ।

एनआरएनए अमेरिकामा २० हजार एकसय ३८ मतदाता थिए । चुनावमा ७८ प्रतिशत अर्थात १५ हजार ७ सय ६८ भोट खसेको थियो । चुनाबमा चार सय भन्दा बढी उम्मेदवार थिए । 

एनआरएनए अमेरिकाको निर्वाचन २०२१-२०२३ का लागि निर्वाचित पदाधिकारीहरु :
 
अध्यक्ष: बुद्धि सागर सुवेदी
बरिष्ठ उपाध्यक्ष: कृष्ण जीबी पन्त
 
उपाध्यक्ष: सुमन थापा
उपाध्यक्ष: गोपेन्द्र भट्टराई
उपाध्यक्ष: डिलु पराजुली
उपाध्यक्ष: बिकाश राज उप्रेती
उपाध्यक्ष: दिक्षा बस्नेत (महिला तर्फ)
 
महासचिव: अन्जन कुमार चौलागाइ
सचिव: अनुप खनाल
सचिव: सुनिता कंडेल (महिला तर्फ)
 
कोषाध्यक्ष: राजीव श्रेष्ठ
सहकोषाध्यक्ष: अग्नि ढकाल
 
महिला संयोजक: सुन्दरी गुरुङ
युवा संयोजक: त्रिभुवन पाण्डे
 
बोर्ड अफ डाइरेक्टर 
बिसाल राना
डा. प्रकाश श्रेष्ठ 
बाला राज घिमिरे
डोलनाथ घिमिरे
प्रभात सापकोटा
ज्ञानेन्द्र गुरुङ
सन्तोष पहारी
आशिष संग्रौला
शान्ति पौडेल
बिश्वराज बास्तोला
दुर्गेश कार्की
राज ढुंगाना
 
अन्तराष्ट्रिय समन्वय परिषद सदस्य
अमृत सापकोटा
संजीव कुमार श्रेष्ठ
बिन्दु निरौला
सुरेन्द्र मल्ल
संजय थापा
गोविन्द सुबेदी
नारायण कंडेल
बिनोद तिवारी
बिष्णु शाह

कस्ले कति मत पाए ? (सबै उम्मेदवारको मत विवरण सहित)
https://www.nrnusa.org/media/election_document/Election-Result-_2021.pdf

शेयर गर्नुहोस:

30.6k
Shares