मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कोरोना नियन्त्रणमा जनप्रतिनिधि र प्रजिअबीच विवाद

कोरोना नियन्त्रणमा जनप्रतिनिधि र प्रजिअबीच विवाद


सर्लाही । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणको दोस्रो लहर व्यावस्थापनको काममा प्रभावकारी भूमिका नखेलेको भन्दै सर्लाहीका जनप्रतिनिधिहरु र प्रमुख जिल्ला अधिकारीबीच विवाद बढेको छ । 
 
जिल्लामा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएपछि जिल्लाका स्थानीय निकायका प्रमुखहरुले स्थानीय निकाय ‘सिल’ गर्नु पर्ने सुझाव दिएअनुसार निर्णय नगर्दा जनप्रतिनिधिहरु र प्रमुख जिल्ला अधिकारीबीच विवाद बढेको हो । 
 
जिल्लामा झन्डै तीन महिनाअघि सरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले कोरोना महामारीमा निषेधाज्ञा लगाउनेबाहेक अरू कुनै पनि सहकार्य नगरेको जनप्रतिनिधिहरूको आरोप छ । 
 
समुदायस्तरमा सङ्क्रमण फैलिएसँगै अक्सिजनको ज्यान गुमाउनेको सङ्ख्या बढेपछि प्रमुख जिल्ला अधिकारीलाई अक्सिजनको अभाव टार्न पटकपटक आग्रह गरिए पनि समस्याको समाधानतर्फ कुनै पहल नभएको बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतोले बताए ।
 
जिल्ला प्रशासन कार्यालयबाट कोरोना सङ्क्रमणतर्फ कुनै पहल नभएपछि  लालबन्दी, हरिवन, वागमती र इश्वरपुर नगरपालिका महामारीलाई रोक्न आफैं व्यवस्थापनमा जुटेका छन् । लालबन्दीले २० शैयाको अक्सिजनसहितको अस्थायी कोरोना अस्पताल बनाएको छ भने हरिवनले १०० शय्याको अस्थायी कोरोना अस्पताल बनाएको छ । ‘‘यो महामारीमा अक्सिजनको चाप रहेको बेला यसको व्यवस्थापन गर्न चुनौती छ’’, प्रजिअ तामाङ्ले भने ।
 
यस्तै लालबन्दी नगरपालिका—९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजनसहितको २० शय्याको अस्थायी कोरोना अस्पताल, हरिवन नगरपालिकाले १०० शय्याको अक्सिजनसहितको अस्थायी कोरोना अस्पताल निर्माण गरिसकेको छ । जिल्लाका केही स्थानीय निकायहरुले स्वाब सङ्कलन र कन्ट्र्याक्ट ट्रेसिङलाई पनि प्राथमिकताका साथ सञ्चालन गरिरहेका छन् । रासस