मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पत्रकार महासंघका अध्यक्ष पोखरेल चढेको गाडी दुर्घटनामा

पत्रकार महासंघका अध्यक्ष पोखरेल चढेको गाडी दुर्घटनामा


दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल चढेको प्रदेश नं ३ ०१००२ च ९२२६ नम्बरको कार दुर्घटनामा परेको छ । अध्यक्ष पोखरेल चढेको गाडी बुधबार साँझ तुलसीपुरस्थित जेसिज चोक नजिक दुर्घटनामा परेको हो । 
 
गाडीमा अध्यक्ष पोखरेलसहित महासंघ जिल्ला अध्यक्ष दुर्गालाल केसी, सल्लाहकार सुदीप गौतम र उपाध्यक्ष सन्तोष सुवेदी रहेका थिए । 
 
गौतमको टाउकोमा चोट लागेको र अरुलाई खासै केही नभएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले जानकारी दिए । अहिले गौतमको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । 
 
रा १ च ९५५ नम्बरको स्कारपिओले पोखरेल सवार गाडीलाई ठक्कर दिएको हो ।  ठक्कर दिने गाडीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लगिसकेको छ । कार पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । रासस