चितवन । चितवनमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २०० नाघेको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका हुन् । स्वास्थ्य कार्यालय चितवनका तथ्याङ्क अधिकृत गीताञ्जली ढकालका अनुसार हालसम्म जिल्लामा २०६ जनाको मृत्यु भएको छ ।
तीमध्ये भरतपुर महानगरपालिका १३१ को मृत्यु भएको हो । यस्तै खैरहनी नगरपालिकाका ११, माडी नगरपालिकाका सात, रत्ननगर नगरपालिकाका २४, राप्ती नगरपालिकाका १८, कालिका नगरपालिकाका १३ र इच्छाकामना गाउँपालिकाका दुई जनाको कोरोनाका कारण मृत्यु भएको हो । जिल्लाका विभिन्न अस्पताल र होमआइसोलेसनमा उनीहरुको मृत्यु भएको हो ।
जिल्लाका अस्पतालहरुमा बाहिरी जिल्लाबाट उपचार गर्न आउने सङ्क्रमितको सङ्ख्यामा पनि ठूलो रहेकको छ । उपचारका लागि बाहिरी जिल्लाबाट आएकाहरुमा २६४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । जिल्ला र बाहिरी जिल्लाका मृतकमध्ये ३२८ जनाको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ ।
व्यवस्थापन गरिएका शव परिवारको सल्लाहमा पारिवारिक संस्कारअनुसार जलाउने वा गाड्ने गरिएको छ । मृतकमध्ये १३३ जनाको शव भने परिवारले नै व्यवस्थापन गरेका छन् ।
जिल्लामा हालसम्म १२ हजार ९७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । तीमध्ये चार हजार ८३४ सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये चार हजार ६५८ होमआइसोलेसनमा उपचाररत रहेका छन् भने १६२ अस्पतालमा र १४ जना सामुदायिक आइसोलेसनमा रहेको ढकालले जानकारी दिए । उनका अनुसार सात हजार ९३५ जनाले कोरोना सङ्क्रमण जितेका छन् ।








प्रतिक्रिया