मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आइतबार थपिए ७९१४ संक्रमित, १९३ जनाको मृत्यु

आइतबार थपिए ७९१४ संक्रमित, १९३ जनाको मृत्यु


काठमाडौँ । नेपालमा आइतबार थप सात हजार ९१४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या पाँच लाख १३ हजार २४१ पुगेको छ । 
 
कोरोना सङ्क्रमणबाट थप १९३ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ६ हजार ३४६ पुगेको मन्त्रालयले जनाएको छ । शनिबार कोरोनाबाट १२९ सङ्क्रमितको मृत्यु भएको थियो ।   
 
आइतबार १८ हजार ९६५ जनाको पिसिआर परीक्षण तथा ९३१ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पिसिआर विधिबाट सात हजार ५९८ तथा एन्टिजेनबाट ३१६ जनामा सङ्क्रमण पुष्टि भएको हो । 
 
हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २९ लाख १६ हजार ४६८ जना पुगेको छ । हाल ८७३सङ्क्रमित क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।  
 
हालसम्म तीन लाख ९१ हजार ३४८ जना कोरोनामुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घन्टामा देशभर सात हजार ६६४ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ७६ दशमलव तीन प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 
 
काठमाडौँ उपत्यकामा दुई हजार ८२१ थपिए 
 
काठमाडौँ उपत्यकामा पछिल्लो समय दुई हजार ८२१ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा एक हजार ७६१, ललितपुरमा ६९४ र भक्तपुरमा ३६६ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 
 
काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको संख्या १७ हजार ८७९ रहेको छ । हालसम्म कोरोनाबाट एक लाख ५८ हजार १७ संक्रमित निको भएका छन् भने एक हजार ४२९७ सङ्क्रमितको मृत्यु भएको छ । 
 
यस्तै, ललितपुरमा हाल ६ हजार ८४५ सक्रिय सङ्क्रमित रहेका छन् । हालसम्म २३ हजार ४५५ सङ्क्रमित निको भएका छन् भने कोरोनाबाट ३७७ सङ्क्रमितको मृत्यु भएको छ । 
 
यस्तै, भक्तपुरमा चार हजार ८०१ सक्रिय सङ्क्रमित छन् । निको हुनेको सङ्ख्या १३ हजार २७८ रहेको छ भने २७९ सङ्क्रमितले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । रासस