मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

प्रतिनिधिसभा विघटन अराजनीतिक : प्रचण्ड

प्रतिनिधिसभा विघटन अराजनीतिक : प्रचण्ड


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले नयाँ सरकार गठन हुने अवस्था कायम रहेको जिकिर गर्दै प्रतिनिधिसभाको विघटन गरी नयाँ निर्वाचनको मिति तोकिएकामा आपत्ति जनाएको छ । 
 
सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार विज्ञप्ति जारी गरी प्रतिनिधिसभाका १४९ जना सदस्यको हस्ताक्षरसहित नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्रीमा दाबी गरिएको उल्लेख गरेका छन् । 
 
संविधानको धारा ७६ (५) बमोजिम नयाँ प्रधानमन्त्रीा दाबी गर्ने दुवै पक्ष (केपी शर्मा ओली र देउवा) को आधार बलियो नभएको भन्दै शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी कात्र्तिक २६ र मङ्सिर ३ गते निर्वाचनको मिति तोकेका छन् । 
 
अध्यक्ष दाहालले प्रतिनिधिसभाको विघटनविरुद्ध उभिन सबै राजनीतिक दल तथा नागरिक समाजलाई आग्रह गर्दै मुलुक कोरोना महारमारीबाट आक्रान्त भएको अवस्थामा सबैको ध्यान महामारी नियन्त्रणमा हुनेपर्नेमा पनि जोड दिएका छन् । यसैगरी विभिन्न राजनीतिक दल सम्बद्ध युवा संगठनले प्रतिनिधिसभाको विघटनको विरोध गरेका छन् । 
 
राष्ट्रपतिको आह्वानकै आधारमा तोकिएकै समयमा सभापति देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै १४९ संसदले दाबी पेश गरेको भन्दै उनीहरुले सरकारले संवैधानिक संकट निम्त्याएको आरोप लगाएका छन् । विरोध गर्नेमा नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा, युवा संघ नेपालका नरेशकुमार शाहीलगायत छन् । रासस