मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

महाराष्ट्रमा प्रहरीसँगको भिडन्तमा १३ माओवादी विद्रोहीको मृत्यु

महाराष्ट्रमा प्रहरीसँगको भिडन्तमा १३ माओवादी विद्रोहीको मृत्यु


मुम्बई । महाराष्ट्रको गडचिरोली जिल्लामा शुक्रबार बिहान प्रहरीको सी–६० कमाण्डोसँगको भिडन्तमा १३ भारतीय माओवादी (नक्सलवादी) विद्रोहीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । 
 
झडप बिहान ५ः३० बजे इतापाल्लीको कोटमीको जङ्गलमा भएको प्रहरीले बताएको छ । भारतीय नक्सलवादी समूहका नेताहरू भेला हुने सूचनाका आधारमा प्रहरीले गरेको कारबाहीमा उनीहरूको मृत्यु भएको गडचिरोलीका उप–महानिरीक्षक संदीप पाटिलले बताए ।  
 
करिब एक घन्टा चलेको उक्त झडपमा बाँकी नक्सलवादी लडाकूहरू घना जङ्गलतर्फ भागेका गडचिरोलीका प्रहरी उपरीक्षक अंकित गोयलले बताए । 
 
प्रहरीले घटनास्थलबाट विद्रोहीको शव बरामद गरेको छ र इलाकामा खोजी अभियान अझै जारी रहेको उनले बताए । यस झडपबारे विद्रोहीको तर्फबाट भने कुनै प्रतिक्रिया आइसकेको छैन । 
 
भारतमा नक्सलवादी विद्रोहीले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् भने महाराष्ट्रलगायत भारतका कतिपय राज्यमा उनीहरूको प्रभाव रहेको छ । पिटिआई