मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रधानमन्त्रीका लागि ओली र देउवाको आआफ्नै दाबी

प्रधानमन्त्रीका लागि ओली र देउवाको आआफ्नै दाबी


काठमाडौँ । वैकल्पिक सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धनका तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवाले सांसद्को हहस्ताक्षर बुझाएका छन् ।  
 
ओलीले १५३ जना सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका छन् भने विपक्षी गठबन्धनका तर्फबाट शेरबहादुर देउवाले १४९ जना सांसदको हस्ताक्षर बुझाएका छन् । 
 
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्रीमा आफ्नो पार्टी एमाले र जनता समाजवादीका गरी १५३ प्रतिनिधिसभा सदस्यको समर्थन रहेको दाबी गरेका छन् । तर, एमालेभित्रकै माधव नेपाल पक्षले आफूहरुको हस्ताक्षर पहिल्यै राष्ट्रपति निवासमा आएकोमा आश्चर्य मानेका छन् । 
 
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षर लिई शीतलनिवास पुगेका नेता नेपालले राष्ट्रपतिसमक्ष कसरी आफ्नो नाम पहिल्यै आएको भनेर प्रश्न गरेका थिए । तर, राष्ट्रपतिले कुनै जवाफ नदिएपछि नेता नेपालले राष्ट्रपतिलाई संविधानले दिएको अधिकार प्रयोग गर्न आग्रह गरेका थिए । 
 
राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा सरकारले विश्वासको मत लिन सक्ने बलियो राजनीतिक आधार नभएको भनी मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्री ओलीको आग्रहका आधारमा नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्मका लागि समय दिएकी थिइन् ।