मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोनाविरुद्ध लड्न भारतलाई ४० देशको सहयोग

कोरोनाविरुद्ध लड्न भारतलाई ४० देशको सहयोग


नयाँ दिल्ली । कोरोनाभाइरसको महामारीविरुद्ध लड्न भारतलाई अहिलेसम्म ४० देशले विभिन्न प्रकारका सहयोग गरेका छन् । 
 
महामारीबाट अति नराम्रोसँग प्रभावित भएको भारतलाई ती देशहरुले कोरोनाभाइरसको महामारीविरुद्ध जुध्न आवश्यक पर्ने सामग्रीहरु, उपकरण तथा औषधी पठाएका हुन् ।
 
ती सहयोग सामग्रीहरु भारतीय रेडक्रस सोसाइटीमार्फत् भारत सरकारलाई उपलब्ध गराइएको भारतको विदेश मन्त्रालयले बिहीबार जनाएको छ ।
 
भारतमा अहिले फैलिएको दोस्रो चरणको महामारीका कारण दैनिक हजारौको मृत्यु हुने गरेको छ भने लाखौँ सङ्क्रमित हुने गरेका छन् । 
 
भारतमा बिहीबार मात्रै दुई लाख ७६ हजार ११० जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ५७ लाख ७२ हजार ४४० पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
 
सहयोग गर्ने देशहरुमा अमेरिका, रुस, बेलायत, फ्रान्स, जर्मनी, जापानलगायत रहेको पनि विदेश मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । एएनआई