नेपाल

बिहीबार थपिए ८३०५ जना संक्रमित, १९० जनाको निधन

बिहीबार थपिए ८३०५ जना संक्रमित, १९० जनाको निधन


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ८३०५ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पिसिआर र एन्टिजेन बिधिबाट कुल २२ हजार ८७ मा गरिएको परीक्षणमा उक्त सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन् । 
 
मन्त्रालयको विवरणअनुसार २१ हजार ६९५ पिसिआर परीक्षण गरिएको थियो भने ३९२ एन्टिजेन परीक्षण गरिएको थियो । बिहीबार छ हजार ५४३ जना भने निको भएका छन् । 
 
नेपाली सेनाले विभिन्न मितिमा गरेको शव व्यवस्थापनसहित थप १९० जनाको निधन भएको छ । आजको विवरणसहित हालसम्म कुल पाँच हजार ८४७ को निधन भएको छ । कुल चार लाख ८८ हजार ६४५ कोरोना पोजेटिभ हुँदा तीन लाख ६६ हजार ९४६ जना भने निको भएका छन् । 
 
यस आधारमा निको हुने दर ७५।१ प्रतिशत रहेको छ । कोरोनाको दोस्रो लहरपछि कोरोना पोजेटिभ हुनेको सङ्ख्या एक लाख १५ हजार ८५२ पुगेको मन्त्रालयले जनाएको छ । 
 
काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा सक्रिय सङ्क्रमितको सङ्ख्या २४ हजार ३८९ रहेका छन् । कुल एक लाख ४६ हजार २८६  निको हुँदा एक हजार ३२६ जनाको निधन भएको छ । भक्तपुरमा चार हजार ७८३ सक्रिय सङ्क्रमित छन् भने १२ हजार ४७३  निको भएका छन् । यस्तै २६२ को मृत्यु भएको  छ । ललितपुरमा छ हजार ८९५ सक्रिय सङ्क्रमित छन् भने २२ हजार १३ जना निको भएका छन् । सो जिल्लामा ३४७ को मृत्यु भएको  छ 
 
तीन चिकित्सकको मृत्यु
 
कोरोना  सङ्क्रमणका कारणले हालसम्म तीन चिकित्सकको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले सङ्क्रमणबाट कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा काम गर्ने क्रममा डा ईश्वरलाल आचार्य, डा मुकेश चौधरी र डा पुज्याश्री कार्कीको निधन भएको जानकारी दिए । 
 
मन्त्रालयले ती दिवंगत चिकित्सकप्रति गहिरो दुःख व्यक्त गरेको छ । हालसम्म सङ्क्रमबाट पाँच हजार ८४७ को मृत्यु भइसकेको छ । रासस

शेयर गर्नुहोस:

27
Shares