मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बुधबार बिहान ५.८ रेक्टरको भूकम्प, चार जना घाइते

बुधबार बिहान ५.८ रेक्टरको भूकम्प, चार जना घाइते


काठमाडौँ । लमजुङमा बुधबार बिहान गएको भूकम्पमा चारजना घाइते भएका छन् । घाइते हुनेमा बेसीसहर ११ की ८३ वर्षकी खगकुमारी पाण्डे, बेसीसहर ६ की ३६ वर्षीया उमा गुरुङ, मस्याङ्दी ६ का २२ वर्षका गोविन्द अधिकारी र बेसीसहर ८ की २९ वर्षकी खसीमाया रहेको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले जानकारी दिए । 
 
“घाइते चारै जनाको उपचार भइरहेको छ । अन्य के–कति घाइते हुनुभयो हामी बुझिरहेका छौँ । म स्वयं फिल्डमा छु,” प्रजिअ लुइँटेलले भने, “करिब १० वटा घरमा क्षति पुगेको छ । बाँकी विवरण आउने क्रम जारी छ ।”
 
लमजुङ भुलभुले केन्द्र बनाएर बिहान ८ः४२ मा ५.८ रेक्टरस्केल र ८ः२६ मा ५ः३ रेक्टरस्केलको भूकम्प गएको थियो । 

शेयर गर्नुहोस:

216
Shares