मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

थप ९३०५ जनामा कोरोना पुष्टि, एकैदिन १६८ जनाको निधन

थप ९३०५ जनामा कोरोना पुष्टि, एकैदिन १६८ जनाको निधन


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ९३०५ जना नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
 
योसँगै नेपालमा सक्रिय कोरोनाका बिरामी एक लाख एक हजार ६३४ पुगेका छन् । पहिलो पटक सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको हो ।  
 
मन्त्रालयका अनुसार २० हजार ३६२ जनाको पिसिआर र ४२४ जनाको एन्टिजेन परीक्षणमा ९३०५ जनामा सङ्क्रमण पुष्टि भएको हो । यसमध्ये पिसिआरबाट ९२३८ र एन्टिजेन विधिको परीक्षणका क्रममा ६७ जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।
 
सबैभन्दा बढी काठमाडौँमा तीन हजार २५० जनामा सङ्क्रमण पुष्टि भएको छ । ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकामा २४ घन्टामा कुल तीन हजार ९२४ जनामा सङ्क्रमण पुष्टि भएको हो । 
 
यसैगरी बढी सङ्क्रमण पुष्टि भएका जिल्लामध्ये रूपन्देहीमा ७७१, कैलालीमा ३३९, मोरङमा ३३६, झापामा ३००, बाँकेमा २८७, दाङमा २७७, कास्कीमा २३५ जना कोरोना सङ्क्रमित पछिल्लो २४ घन्टामा थपिएका छन् ।
  
नेपाली सेनाद्वारा गरिएको शव व्यवस्थापनको तथ्याङ्कका आधारमा कोभिड १९ सङ्क्रमणबाट गत २४ घन्टामा १६८ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या चार हजार २५२ पुगेको छ ।  
 
यस अवधिमा चार हजार ४४४ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म तीन लाख १६ हजार ४६८ जना सङ्क्रमण मुक्त भएका छन् । यो कुल सङ्क्रमितको ७४.९ प्रतिशत हो ।
 
सक्रिय सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकाका तीन जिल्लामा सर्वाधिक सङ्ख्या छ । हालसम्म कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ४ लाख २२ हजार ४१६ पुगेको छ । 
 
सक्रिय कोभिड–१९ सङ्क्रमितमध्ये एक लाख एक हजार ६३४ जना आइसोलेसनमा छन् । जसमध्ये १२४१ को आइसियूमा उपचार भइरहेको छ । भेन्टिलेटरमा राखेर २८५ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।