मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

प्रधानमन्त्रीको विश्वासको मत प्रस्ताव अस्वीकृत

प्रधानमन्त्रीको विश्वासको मत प्रस्ताव अस्वीकृत


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओेलीले संविधानानुसार आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रस्तुत गरेको प्रस्ताव अस्वीकृत भएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उक्त प्रस्तावमाथि भएको मत विभाजनमा पक्षमा ९३ र विपक्षमा १२४  मत परेको थियो ।
 
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विश्वासको मतका लागि आवश्यक बहुमत नपुगेकाले प्रस्ताव अस्वीकृत भएको घोषणा गरेका थिए ।  । त्यस्तै हुन्न भन्ने पक्षमा १५ सांसदले मतदान गरेका थिए । बैठकमा २३२ सांसद् उपस्थित रहेको सभामुख सापकोटाले जानकारी दिए ।
विश्वासको मतका पक्षमा सत्तारुढ दल नेकपा (एमाले)लाई अन्य दलले सहयोग नगरेका कारण प्रस्ताव अस्वीकृत भएको हो । 
 
एमाले संसदीय दलको निर्देशनलाई अवज्ञा गर्दै एमालेकै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसद् मतदानमा अनुपस्थित रहेका कारण पनि विश्वासको मतका पक्षमा कम मत जाहेर भएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देन पनि कोभिड सङ्क्रमणका कारण अनुपस्थित थिए । 
 
प्रस्तावका विपक्षमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले मतदान गरेका थिए । जनता समाजवादी पार्टी नेपालका केही सांसद तटस्थ रहे तथा केहीले विपक्षमा मतदान गरे । मत विभाजनका लागि हुन्छ, हुन्न र दिन्न भन्ने तीन तरिका व्यवस्था गरिएको थियो ।
 
प्रधानमन्त्रीको विश्वासको प्रस्ताव पारित हुन हाल संसदमा कायम रहेको २७१ सदस्यमध्ये बहुमत अर्थात् १३६ मत आवश्यक थियो । मत बराबर भएका खण्डमा सभामुखले निर्णायक मत दिन सक्ने व्यवस्था छ । प्रस्तावमा सभामुखबाहेक २६६ सांसदले मत जाहेर गर्न सक्ने अधिकार थियो ।
 
एमालेका १२१, माओवादी केन्द्रका ४८, कांग्रेसका ६१, जसपाका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, राप्रपा  र स्वतन्त्र एक सांसदलाई मताधिकार थियो । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख ३० गते अपराह्न १ बजे बस्ने छ । रासस