मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनका ८६ चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण

चितवनका ८६ चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण


चितवन । चितवनमा कोरोना रोकथामका लागि खटिएका चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित हुन थालेका छन् । 
 
कोरोनाको दोस्रो लहरसँगै जिल्लाका अस्पतालहरुमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारी गरी ८६ जना सङ्क्रमित भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । 
 
कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर अस्पतालमा २२, चितवन मेडिकल कलेजमा २२, पुरानो मेडिकल कलेजमा १९, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका १६ जना रहेका छन् । यस्तै बघौडा अस्पताल माडी, राप्ती अस्पताल भण्डारा, रत्ननगर बकुलहर अस्पताल, कालिका नगर अस्पताललगायतका अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी ७ जना सङ्क्रमित भएको उनले जानकारी दिइन् । 
 
उनका अनुसार सङ्क्रमित चिकित्सक र स्वास्थ्यकर्मी अहिले अइसोलेसनमा रहेका छन् । उनीहरुमध्ये कतिपय सन्चो भएर घर फर्किसकेका छन् । कार्यालयका अनुसार जिल्लामा कोरोना रोग नियन्त्रणमा खटिएका प्रहरी प्रमुखसमेतलाई सङ्क्रमण देखिएको छ । 
 
जिल्लामा वैशाखमा मात्रै दुई हजार ८० जनामा सङ्क्रमण देखिएको छ जसमध्ये १७ जनाको मृत्यु भइसकेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा हाल औसत दैनिक सात जना सङक्रमितको मृत्यु भएको  छ । तीमध्ये अधिकांश बाहिरी जिल्लाका छन् ।