मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

शनिबार थपिए ८४१८ संक्रमित, एकैदिन ५३ जनाको मृत्यु

शनिबार थपिए ८४१८ संक्रमित, एकैदिन ५३ जनाको मृत्यु


काठमाडौँ । नेपालमा शनिबार ८४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ३१५ नमुनाको पिसिआर परीक्षणका क्रममा ८२८७ जना र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
 
कोरोना संक्रमणबाट देशभर थप ५३ जनाको मृत्यु भएको छ । योसहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६३२ पुगेको छ ,। 
यसैगरी, शनिबार ३३७० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ९८ हजार ७६५ पुगेको छ ।
 
नेपालमा कोरोनाको सक्रिय कोरोना संक्रमितको संख्या ८३ हजार ४९३ पुगेको छ भने कुल संक्रमित ३ लाख ८५ हजार ८९० जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
 
सक्रिय संक्रमितमध्ये ७८१८ जना होम आइसोलेसनमा र ५४७५ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै, ७५८ जना संक्रमितको आइसियू र २३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । ३९८ जना क्वारेन्टाइनमा रहेका छन् । 
 
काठमाडौँ उपत्यकामा ३११३ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौँमा २२७०, ललितपुरमा ४६२ र भक्तपुरमा ३८१ संक्रमित थपिएका छन् ।
 
यस्तै, पछिल्लो २४ घन्टामा रुपन्देहीमा ८६१, सुर्खेतमा ५९७, बाँकेमा ५५५, चितवनमा ३९२, कास्कीमा २८५, झापामा २७६, मोरङमा २५४, दाङमा १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, सुनसरीमा १५७, मकवानपुरमा १३४, धनुषामा ११६, बर्दियामा ११३, बैतडीमा १११ तथा पर्सा र सिन्धुलीमा १०७/१०७ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।