मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनमा थप ३९२ जनामा संक्रमण पुष्टि, एकैदिन १४ जनाको मृत्यु

चितवनमा थप ३९२ जनामा संक्रमण पुष्टि, एकैदिन १४ जनाको मृत्यु


चितवन । चितवनमा शनिबार ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३२० जना भरतपुर महानगरपालिकाभित्रका हुन् । 
 
शनिबारको नतिजासँगै चितवनमा कोरोना संक्रमितको कुल संख्या ९ हजार ४८४ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। यस्तै सक्रिय संक्रमितको संख्या पनि बढेर २३०७ पुगेको छ। तीमध्ये १६४ जना अस्पताल भर्ना भएका छन् भने बाँकी २१४३ जना होम आइसोलेसनमा छन् ।
 
चितवनका अस्पतालहरुमा भने चितवनका १६४ सहित ३५६ जनाले उपचार सेवा लिइरहेका छन्। तीमध्ये भरतपुर अस्पतालमा १३१, चितवन मेडिकल कलेजमा १४९, पुरानो मेडिकल कलेजमा ५१, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा एक हजार र अन्य निजी अस्पतालहरुमा २४ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन्। 
 
अस्पतालमा उपचाररतमध्ये पनि २९ जना भेन्टिलेटरमा छन् भने १४७ जना आइसियूमा छन् । यस्तै ६४ जना एचडियूमा छन् भने ११६ जना जनरल वार्डमा भर्ना भएका छन्।
 
एकैदिन १४ जनाको मृत्यु
 
चितवनमा कोरोना संक्रमणका कारण शनिबार एकैदिन १४ जनाको मृत्यु भएको छ। तीमध्ये छ जना भरतपुर अस्पतालमा, दुई जना चितवन मेडिकल कलेज अस्पतालमा, तीनजना पुरानो मेडिकल कलेजमा र एक जनाको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। 
 
यस्तै माडी र राप्ती नगरपालिकामा पनि आइसोलेसनमा एक/एक जनाको मृत्यु भएको कार्यालयले जनाएको छ।