मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मंगलबार सर्वाधिक ७६६० जना संक्रमित, एकैदिन ५५ जनाको मृत्यु

मंगलबार सर्वाधिक ७६६० जना संक्रमित, एकैदिन ५५ जनाको मृत्यु


काठमाडौँ । कोभिड–१९ को सङ्क्रमित हुनेको सङ्ख्यामा दैनिक उकालो लागिरहेको छ । कोभिड–१९ को दोस्रो लहर बढेसँगै वैशाखको सुरुदेखि सङ्क्रमित हुनेको सङ्ख्या दैनिक उकालो लागेको हो । प्रत्येक दिन सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको छ ।
 
मंगलबार देशभर ७६६० मा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाइएको छ । सोमबार ७४४८, ७२११, ५७६३ र ५७२७ सङ्क्रमित देखिएका थिए ।
 
मंगलबार १६ हजार १३१ पिसिआर परीक्षण गर्दा ७५८७ र ५६१ एन्टिजेनमा ७३ मा सङ्क्रमण देखिएको हो । मंगलबार देखिएका सङ्क्रमितसँगै कूल सङ्क्रमित तीन लाख ५१ हजार ५ पुगेको छ । यस्तै आज एक हजार ७७५ सङ्क्रमितबाट निको भएका छन् । अहिलेसम्म दुई लाख ८७ हजार ७९० निको भएर घर फर्किएका छन् । नेपालमा निको हुने दर ८२ प्रतिशत छ ।
 
एकैदिन ५५ जनाको निधन
 
यस्तै आज मात्र सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या ५५ पुगेको छ । निधन हुनको यो सङ्ख्या हालसम्मकै उच्च हो । अहिलेसम्म तीन हजार ४१७ सङ्क्रमणबाट निधन भइसकेका छन् । 
 
२० जिल्लामा ५०० बढी सङ्क्रमित 
 
यसैगरी ५०० भन्दा बढी सङ्क्रमित हुने जिल्ला २० पुगेका  छन् । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, पर्सा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, मकवानपुर, कास्की, दाङ्, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत र कैलाली रहेका छन् । 
 
आइसियुमा ६१६ र भेन्टिलेटरमा १७९ 
 
यस्तै सङ्क्रमितमध्ये ६१६ सघन उपचार कक्ष (आइसियु) र १७९ भेन्टिलेटरमा उपचार गराइरहेका छन् । आइसियुमा प्रदेश नंं १ मा ९३, प्रदेश नंं २ मा २४, वाग्मती प्रदेशमा ३२५, गण्डकी प्रदेशमा ४४, लुम्बिनी प्रदेशमा ६९, कर्णाली प्रदेशमा ३२ र सूदुरपश्चिम प्रदेशमा २९ उपचार गराइरहेका छन् । 
 
भेन्टिलेटरमा प्रदेश नंं १ मा १८, प्रदेश नंं २ मा  दुई, वाग्मती प्रदेशमा १२४, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा १६ , कर्णाली प्रदेशमा सात र सूदुरपश्चिम प्रदेशमा १० उपचार गराइरहेका छन् । रासस