काठमाडौँ । नेपालमा गत चौबीसघन्टामा हालसम्मकै अत्यधिक ७४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पिसिआर परीक्षणबाट ७३८८ जना र ६० एन्टोजिन परीक्षणमा गरी कुल ७४४८ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् ।
जसमध्ये ३६६६ जना काठमाडौँ उपत्यकाका रहेका छन् । काठमाडौँ जिल्लामा २९२२, ललितपुरमा ५२२ र भक्तपुरमा २२२ जना सङ्क्रमित भएका छन् । सोमबार देखिएका सङ्क्रमित अहिलेसम्मकै देशभरिमा र उपत्यकामा पनि सबैभन्दा बढी हो ।
नेपालमा अहिलेसम्म तीन लाख ४३ हजार ४१८ सङ्क्रमित भएका छन् । जसमा एकैदिन ३७ जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको छ ।
यसैगरी, सोमबार २०२१ जना डिस्चार्ज भएका छन् । हालसम्म निको भई घर फर्किनेको संख्या २ हजार ८६ हजार १५ रहेको छ भने सक्रिय संक्रमितको संख्या ४२ हजार ४१ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया