मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा शनिबार ५७६३ जनामा संक्रमण पुष्टि, थप १९ जनाको मृत्यु

नेपालमा शनिबार ५७६३ जनामा संक्रमण पुष्टि, थप १९ जनाको मृत्यु


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ५७६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल १४ हजार ९६९ नमुना परीक्षण गरिएकामा उक्त सङ्ख्यामा कोभिड–१९ पुष्टि भएको हो । हालसम्म संक्रमितको संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ । 
 
यस्तै, उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १२८७ जना रहेका छन्  । योसहित निको हुनेको संख्या २ लाख ८२ हजार ३८२ पुगेको छ । पछिल्लो २४ घन्टामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । हालसम्म मृत्यु हुनेको संख्या ३२९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  
 
मन्त्रालयका अनुसार देशभर ४० हजार १०३ जना होम आइसोलेसनमा तथा संस्थागत आइसोलेसनमा तीन हजार ११० रहेका छन् । पछिल्ला २४ घन्टामा दुई हजार ४५५ महिला र तीन हजार २५१ पुरुष सङ्क्रमित भएका छन् । 
 
काठमाडौँमा एक हजार ९३२ जना सङ्क्रमित फेला परेको मन्त्रालयले जनाएको छ । यस्तै, भक्तपुरमा २०८ र ललितपुरमा ३५५ सङ्क्रमित फेला परेका छन् । 
 
यस्तै, ४०१ जना आइसियूमा उपचाररत छन् भने ११० जना भेन्टिलेटरमा छन् । आइसियू श्ययाको कुल सङ्ख्या १२०३ र ५०८ भेन्टिलेटर छन् ।