मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अमेरिकाबाट सञ्चालित ई-नेप्लिजका सञ्चालकद्वयलाई पितृशोक

अमेरिकाबाट सञ्चालित ई-नेप्लिजका सञ्चालकद्वयलाई पितृशोक


काठमाडौँ । अमेरिकाको डिसी महानगर क्षेत्रबाट सञ्चालित ई-नेप्लिजका प्रधानसम्पादक विश्वराज थापा तथा सम्पादक विजय थापालाई पितृशोक परेको छ । विगत एक दशकदेखि अमेरिकाबाट सञ्चालित हुँदै आएको लोकप्रिय अङ्किय पत्र (अनलाइन) का सञ्चालकद्वयका पिता हेडमबहादुर थापाको निधन ९० वर्षको उमेरमा भएको छ ।
 
सम्पादक विजय थापाका अनुसार शनिबार बिहान २०७८ साल वैशाख १८ गते काठमाडौँस्थित निवासमा उनको हृदयघातबाट निधन भएको हो । नेपालको धनकुटा मुगा गाउँपालिका घर भई हाल बालुवाटार निवासी स्व. थापाका पाँचै छोराहरु परिवारसहित अमेरिकाको भर्जिनिया राज्यमा बसोवा गर्छन् भने विजय थापा र विश्वराज थापा इनेप्लिजका सञ्चालक हुन् ।
 
स्व. थापाको जन्म १९८८ कार्तिक १६ गते सोमबार धनकुटा मुगामा भएको हो । स्व. थापा लामो समयसम्म शिक्षण पेसामा रहेका थिएभने ग्लोबल भ्वाइस इन्टरनेसनल नामक मासिक पत्रिकाको सम्पादक रही केही वर्ष काम गरेका थिए । 
 
त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी भाषामा स्नातकोत्तर गरेका स्व. थापाmे कलेजमा पनि प्राध्यापन गराएका थिए । स्व. थापा अमेरिकामा रहेका काइला छोरा विनोदबहादुर थापाले अमेरिकामा बोलाई २(३ पटक गएका थिए । 
 
स्व. थापाले अमेरिकाको अस्थायी आवासीय पत्र (ग्रीन कार्ड) प्राप्त गरे पनि पछि अस्थायी आवासीय पत्र (ग्रीन कार्ड) दशकौँसम्म अमेरिका नगए पछि स्वतः निष्क्रिय भएको थियो । 
 
स्व. थापाकी धर्मपत्नी तीर्थकुमारी थापा बालुवाटारमै बसोवास गर्छिन् भने जेठी छोरी शारदा सिलवाल पनि ताहचलमा रहेकी छन् । 
 
स्व. थापा अंग्रेजीमा लेख लेख्ने र विशेष गरी व्याकरण अंग्रेजी साहित्यमा रुचि राख्ने गर्थे । कोरोना महामारीको यस्तो अवस्थामा छोराहरु अमेरिकामा रहेकोले केही छोराहरु नेपाल पुगेपछि अन्त्यष्टि कार्य र अन्तिम श्रद्धाञ्जली हुने छ । बुबाको दुखद खबरले अमेरिकामा रहेका पाँचै छोराहरु मर्माहत भएका छन् ।