मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा थपिए ५६५७ संक्रमित, एकैदिन ३३ जनाको मृत्यु

नेपालमा थपिए ५६५७ संक्रमित, एकैदिन ३३ जनाको मृत्यु


काठमाडौँ । नेपालमा देशभर पछिल्लो २४ घन्टामा थप ५६५७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । 
 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५ हजार ३९१ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । 
 
शुक्रबारसम्म नेपालमा सङ्क्रमितको सङ्ख्या तीन लाख २३ हजार १८७ पुगेको छ । त्यस्तै पछिल्लो समय थप ९२८ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८१ हजार ९५ रहेको छ । निको हुने दर भने ८६.९८ प्रतिशत रहेको छ । 
 
अहिले देशभर ३८ हजार ८१३ सक्रिय सङ्क्रमित छन् । हालसम्म नेपालमा २४ लाख ७३ हजार ९५६ को पिसिआर परीक्षण भएको छ । त्यस्तै एकैदिन कोरोनाका कारण ३३ जनाभन्दा बढीको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण तीन हजार २७९ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । 
 
पछिल्लो २४ घन्टामा बागमती प्रदेशमा मात्रै ३ हजार २५९ जना संक्रमित थपिएका छन् ।