नेपाल

नेपालमा थपिए ५६५७ संक्रमित, एकैदिन ३३ जनाको मृत्यु

नेपालमा थपिए ५६५७ संक्रमित, एकैदिन ३३ जनाको मृत्यु


काठमाडौँ । नेपालमा देशभर पछिल्लो २४ घन्टामा थप ५६५७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । 
 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५ हजार ३९१ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । 
 
शुक्रबारसम्म नेपालमा सङ्क्रमितको सङ्ख्या तीन लाख २३ हजार १८७ पुगेको छ । त्यस्तै पछिल्लो समय थप ९२८ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८१ हजार ९५ रहेको छ । निको हुने दर भने ८६.९८ प्रतिशत रहेको छ । 
 
अहिले देशभर ३८ हजार ८१३ सक्रिय सङ्क्रमित छन् । हालसम्म नेपालमा २४ लाख ७३ हजार ९५६ को पिसिआर परीक्षण भएको छ । त्यस्तै एकैदिन कोरोनाका कारण ३३ जनाभन्दा बढीको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण तीन हजार २७९ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । 
 
पछिल्लो २४ घन्टामा बागमती प्रदेशमा मात्रै ३ हजार २५९ जना संक्रमित थपिएका छन् । 

शेयर गर्नुहोस:

27
Shares