नेपाल

नेपालमा थप ४९२८ जनामा कोरोना सङ्क्रमण पुष्टि, एकैदिन ३५ जनाको मृत्यु

नेपालमा थप ४९२८ जनामा कोरोना सङ्क्रमण पुष्टि, एकैदिन ३५ जनाको मृत्यु


काठमाडौँ । नेपालमा देशभर पछिल्लो २४ घन्टामा थप ४९२८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । 
 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १३ हजार ५६० जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । 
 
यसमा १२ हजार ५९७ जनाको पीसीआर र ९६३ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः चार हजार ८३१ र ९७ जनामा सङ्क्रमण पुष्टि भएको हो । 
 
आजसम्म नेपालमा सङ्क्रमितको सङ्ख्या तीन लाख १७ हजार ५३० पुगेको छ । त्यस्तै पछिल्लो समय थप ८८८ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८७ हजार १६७ रहेको छ । निको हुने दर भने ८८ दशमलव दुई प्रतिशत रहेको छ । 
 
अहिले देशभर ३४ हजार ११७ सक्रिय सङ्क्रमित छन् ।  हालसम्म नेपालमा २४ लाख ५८ हजार ५६५ को पिसिआर परीक्षण भएको छ । त्यस्तै एकैदिन कोरोनाका कारण ३५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण तीन हजार २४६ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । 
 
पछिल्लो  २४ घन्टामा काठमाडौँ उपत्यकामा एक हजार ५६१ सङ्क्रमित थपिएका छन् । यसमध्ये काठमाडौँ जिल्लामा एक हजार १२७, ललितपुरमा २५२ र भक्तपुरमा १८२ सङ्क्रमित थपिएका हुन् । 
 
उपत्यका बाहिर ५२८ र बाँकेमा ४८९ सङ्क्रमित थपिएका छन् । त्यस्तै, कैलालीमा ३३९, मोरङमा १३७, पर्सामा १५० र दाङमा १८१ सङ्क्रमित थपिएका छन् ।  

शेयर गर्नुहोस:

270
Shares