मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

भारतमा १५ करोडभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप

भारतमा १५ करोडभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप


नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसविरुद्धको खोप लगाउनेहरुको सङ्ख्या १५ करोडभन्दा बढी पुगेको छ । 
 
सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार देशभर कोरोनाविरुद्धको खोप लगाएकाहरुको सङ्ख्या १५ करोड २० हजार ६४८ पुगेको हो । 
 
देशका १० राज्यहरु आन्द्र प्रदेश, बिहार, केरला, मध्य प्रदेश, कर्नाटक, पश्चिम बंगाल, गुजरात, उत्तर प्रदेश, राजस्थान र महाराष्ट्रमा मात्रै ६७.१८ प्रतिशत खोप प्रयोग भएको अधिकारीहरुले जनाएका छन् । पछिल्लो २४ घन्टामा मात्रै देशभर २१ लाखभन्दा बढी खोप प्रयोग भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । 
 
कोरोनाभाइरसको महामारीबाट अत्यन्त प्रभावित भएको भारतमा अहिले ८२.१० प्रतिशत सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएका छन् । 
 
भारतमा पछिल्लो २४ घन्टामा दुई लाख ६९ हजार ५०७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । ती मध्ये ८७.०७ प्रतिशतमाथि उल्लेखित दश राज्यका रहेका छन् । 
 
भारतमा पछिल्लो २४ घन्टामा तीन लाख ७९ हजार २५७ जना नयाँ सङ्क्रमित थपिएको अधिकारीहरुले जनाएका छन् । ती मध्ये ७२.२० प्रतिशत ती दश राज्यमा रहेको तथ्याङ्कमा देखिएको छ । एएनआई

शेयर गर्नुहोस:

0
Shares