मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा बुधबार थपिए ४८९७ संक्रमित, एकैदिन १७ जनाको मृत्यु

नेपालमा बुधबार थपिए ४८९७ संक्रमित, एकैदिन १७ जनाको मृत्यु


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ४८९७ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा १४ हजार ८३४ जनाको परीक्षण गर्दा ४८९७ मा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । 
 
१३« हजार ८७९ को पिसिआर गर्दा ४७७४ र ९५५ जनाको एन्टिजेन गर्दा १२३ जनामा कोरोना पुष्टि भएको हो । कूल सङ्क्रमितमध्ये हाल ३० हजार २०९ सक्रिय सङ्क्रमित छन् । 
 
त्यस्तै कूल सङ्क्रमितमध्ये दुई हजार ४७ जना मात्र काठमाडौँ उपत्यकामा भेटिएका छन् । काठमाडौँमा एक हजार ४६४, ललितपुरमा ३५१ र भक्तपुरमा २३२ सङ्क्रमित भेटिएको मन्त्रालयले जनाएको छ । 
 
पछिल्लो २४ घन्टामा रिपोर्ट प्राप्त भएअनुसार १७ सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या तीन हजार २११ पुगेको छ । 
 
पछिल्लो २४ घन्टामा ७७३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा ५०० बढी संक्रमित हुने जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।