मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कोरोना संक्रमण बढेसँगै चितवनमा १६ गतेदेखि निषेधाज्ञा गर्ने निर्णय

कोरोना संक्रमण बढेसँगै चितवनमा १६ गतेदेखि निषेधाज्ञा गर्ने निर्णय


चितवन । चितवनमा कोरोना सङ्क्रमितको संख्या बढ्दै गएपछि आज वैशाख १६ गते रातिदेखि निषेधाज्ञा गर्ने निर्णय गरिएको छ । बुधबार जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसिएमसी) चितवनको बैठकले वैशाख १६ गते राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
 
चितवनमा कोरोना संक्रमितको संख्या ५०० नाघेसँगै निषेधाज्ञा गर्ने निर्णय गरिएको जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसिएमसी) चितवनका संयोजक एवं प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।
 
चितवनमा बुधबारसम्म सक्रिय सङ्क्रमितको संख्या ५८५ पुगेको छ । पछिल्लो २४ घन्टामा थप १८३ जना कोरोना संक्रमित थपिएसँगै कुल सक्रिय संक्रमितको संख्या ५८५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
 
पछिल्लो २४ घन्टामा थपिएका सङ्क्रमितमध्ये भरतपुर महानगरपालिकाका मात्रै १०३ जना रहेका छन् । यस्तै, रत्ननगर नगरपालिकाका २० जना, खैरहनी नगरपालिकाका ६ जना, माडी नगरपालिका २ जना, राप्ती, कालिका र इच्छाकामनाका एक÷एक जना सङ्क्रमित थपिएका छन् ।