मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा मंगलबार ४५२४ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु

नेपालमा मंगलबार ४५२४ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा कोभिड–१९ का ४५२४ संक्रमित थपिएका छन् । 
 
मंगलबार १४ हजार ६७२ पिसिआर तथा १ हजार ९ एन्टिजेन परीक्षण गरिएकोमा ४५२४ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कोभिड–१९ संक्रमितको संख्या तीन लाख सात हजार ९२५ पुगेको छ ।
 
स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३१९४ पुगेको छ।
 
यस्तै, काठमाडौँ उपत्यकामा थप १९६६ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौँका १६०२, ललितपुरका २४० तथा भक्तपुरका १२४ जनामा संक्रमण पुष्टि भएको हो। 
 
यस्तै, नेपालमा आजसम्म संक्रमणमुक्त हुनेको संख्या दुई लाख ७८ हजार ५०६ पुगेको छ । अहिले मुलुकभर सक्रिय संक्रमितको संख्या २६ हजार २२५ रहेको छ । हाल क्वारेन्टिनमा ५८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।