मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कोरोना संक्रमितको संख्या तीन लाख नाघ्यो, नेपालमा एकैदिन २८ जनाको मृत्यु

कोरोना संक्रमितको संख्या तीन लाख नाघ्यो, नेपालमा एकैदिन २८ जनाको मृत्यु


काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या हालसम्मकै उच्च रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।    
   
आइतबार मन्त्रालयले गरेको प्रेस भेटघाटका क्रममा नेपालका विभिन्न अस्पतालमा गत चौबिसघन्टामा २८ जनाको मृत्यु भएको जनाएको हो । यो हालसम्मकै उच्च हो ।   
   
नेपालमा गत चौबिसघन्टामा ३०३२ जना संक्रमित भएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन लाख नाघेको छ । आइतबारसम्म कुल संक्रमितको संख्या तीन लाख ११९ पुगेको मन्त्रालयले जनाएको छ ।    
   
यस्तै, गत  चौबिसघन्टाभित्र निको हुनेको संख्या ४५० पुगेको छ । यससहित २ लाख ७७ हजार ५७३ जना निको भएको पनि मन्त्रालयले जनाएको छ । हालसम्म सक्रिय संक्रमितको संख्या १९ हजार ३८२ पुगेको छ । जसमा सबैभन्दा बढी काठमाडौँ उपत्यकाका रहेका छन् ।