नेपाल

कोरोना संक्रमण भएपछि पूर्वराजा रानी अस्पताल भर्ना

कोरोना संक्रमण भएपछि पूर्वराजा रानी अस्पताल भर्ना


काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलराज्यलक्ष्मी शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।  
 
छोरी प्रेरणा शाहसहित उनीहरु आज दिउँसो १ बजे अस्पतालमा भर्ना हुनुभएको अस्पतालका कर्पोरेट कम्युनिकेसन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिए ।    
 
उनका अनुसार कोभिड–१९ को उपचारका लागि उनीहरु भर्ना भएका हुन् । केही दिनअघि भारतको हरिद्वारबाट फर्किएपछि स्वाब परीक्षणका क्रममा पूर्वराजा र रानीमा कोरोना सङ्क्रमण देखिएको थियो ।   
 
कर्पोरेट कम्युनिकेसन प्रमुख बाँस्तोलाले उनीहरु तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताए । 

शेयर गर्नुहोस:

783
Shares