नेपाल

थप दुई हजार ६१९ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि

थप दुई हजार ६१९ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि


काठमाडौँ । देशभर पछिल्लो २४ घन्टामा थप दुई हजार ६१९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार ६६८  जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । 
 
जसमा सात हजार ५२५ जनाको पिसिआर र एक हजार १४३ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः दुई हजार ४८६ र १३३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
 
आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ९७ हजार ८६ पुगेको छ । त्यस्तै पछिल्लो समय थप ३६८ जना निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या दुई लाख ७७ हजार १२३ रहेको छ । निको हुने दर भने ९३ दशमलब तीन प्रतिशत रहेको छ ।
 
अहिले देशभर १६ हजार ८२८ सक्रिय सङ्क्रमित छन् । उनीहरूमध्ये ७१ क्वारेन्टिनमा रहेका छन् । अन्य आइसोलेसनमा रहेका छन् । हालसम्म नेपालमा २३  लाख ९५  हजार ७२५ को पिसिआर परीक्षण भएको छ । त्यस्तै  कोरोनाका कारण १४ जनाको मृत्यु  पुष्टि भएको छ । 
 
हालसम्मा तीन हजार १३६  जनाले  कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । काठमाडौँमा ६४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
 
यस्तै बाँकेका ३५२, रुपन्देहीका २६८, दाङका १७२ र ललितपुरका १४१ जनामा सङ्क्रमण देखिएको छ । काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला काठमाडौँ, भक्तपुर, ललितपुरका साथै पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० नाघिसकेको छ । रासस
 

शेयर गर्नुहोस:

0
Shares