मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

बन्दाबन्दी कोभिड–१९ महामारी नियन्त्रणको अन्तिम विकल्प : मोदी

बन्दाबन्दी कोभिड–१९ महामारी नियन्त्रणको अन्तिम विकल्प : मोदी


नयाँ दिल्ली । कोरोना महामारी नियन्त्रणको अन्तिम बिकल्प प्रभावित क्षेत्रलाई अन्य क्षेत्रसँगबाट अलग गर्नु नै रहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार बताएका छन् ।  
 
कोभिड सङ्क्रमणको दोस्रो लहर थप जटिल हुँदै गएपछि प्रधानमन्त्री मोदीले समस्यालाई नियन्त्रणमा राख्न प्रतिबन्धात्मक निर्देशनको सहारा लिनुको विकल्प नदेखिएको उनले बताएका हुन् ।
 
देशबासीको नाममा गरिएको सम्बोधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अनावश्यक काममा घरबाट बाहिर ननिस्कन र स्वास्थ्य सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छ्न् । 
 
उनले भारतमा कोरोनाविरुद्धको खोप अभियान तीव्र गतिमा अघि बढिरहेकोले यसबाट कोही भारतीय नागरिक बन्चित नहुने विश्वास व्यक्त गर्दै सरकारले महामारी नियन्त्रणका लागि यथासम्भव काम गरिरहेको पनि बताए । उक्त अवसरमा उहाँले देशका युवाहरूलाई कोभिड सचेतना अभियान चलाउनसमेत आग्रह गरे ।
 
भारतमा कोरानाका कारण हालसम्म एक लाख ८२ हजार ५०० बढीको मृत्यु भइसकेको छ भने सङ्क्रमितको सङ्ख्या ए करोड ५६ लाख नौ हजार बढी पुगेको छ । भारतमा पछिल्लो २४ घन्टामा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या करिब ३ लाख पुगेको छ भने करिब दुई हजार कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । एएनआई