मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

भारतमा एकैदिन तीन लाख संक्रमित, दुई हजार बढीको मृत्यु

भारतमा एकैदिन तीन लाख संक्रमित, दुई हजार बढीको मृत्यु


नयाँ दिल्ली । भारतमा बुधबार एकै दिनमा कोभिड–१९ को कारण दुई हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।  यसै अवधीमा भारतमा एकै दिनमा करिब ३ लाख व्यक्ति सङ्क्रमित भएका छन् । 
 
बुधबार एक दिनमा भारतमा दुई लाख ९५ हजारमा कोरोना सङ्क्रमण देखिएको हो । कोरोना महामारी सुरु भएयता विश्वमा भएका सङ्क्रमणको तुलनामा यो ठूलो संख्या भएको सरकारी तथ्याङ्कले जानकारी दिएको छ । यद्यपि संयुक्त राज्यमा अमेरिका गत जनवरीमा एकै दिनमा तीन लाखभन्दा बढी व्यक्ति संङ्क्रमित भएका थिए । 
 
सोही अवधिमा कोरोनाबाट २ हजार २३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको १ लाख ८२ हजार ५५३ जना पुगेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार देशवासीको नाममा गरेको सम्बोधनमा देशका १ करोड ३० लाख व्यक्तिले फेरि एकपटक कोभिड १९ सँग लडाइँ गरिरहेका बताएका छन् ।  
 
केही साता अगाडीसम्म अवस्था नियन्त्रणमा रहेको र पुनः दोस्रो लहर आएपछि गाह्रो हुन थालेको पनि मोदीले बताएका छन् । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १३ करोड लाख व्यक्तिले खोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ ।
 
भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सिन र स्पुट्नीक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् । रुसले विकास गरेको स्पुट्नीक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन् ।   
 
भारतमा मङ्गलबार मात्रै १६ लाख ३९ हजार ३५७ जनाको कोरोना परिक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । अप्रिल २१ सम्म कूल २७ करोड १० लाख ५३ हजारभन्दा बढीले कोरोना परीक्षण गरिएको पनि परिषद्ले उल्लेख गरेको छ । 
 
भारतको राष्ट्रिय राजधानी दिल्ली सबभन्दा धेरै कोरोना प्रभावित राज्यको रुपमा रहेको छ । दिल्लीमा मङ्गलबार एकै दिनमा २८ हजार ३९५ जना कोरोना भाइरस सङ्क्रमित भएका २७७ जनाको मृत्यु भएको छ । भारतको दिल्लीमा कोरोना शुरु भएपछि हालसम्म कोरोना सङ्क्रमणबाट १२ हजार ६३८ जनाको मृत्यु भइसकेको छ । एएफपी

शेयर गर्नुहोस:

162
Shares