मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मंगलबार थपिए १७३६ संक्रमित, थप ११ जनाको मृत्यु

मंगलबार थपिए १७३६ संक्रमित, थप ११ जनाको मृत्यु


काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप एक हजार ७३६ मा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय आठ हजार ७३८ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । 
 
यसमा आठ हजार ५५ को पिसिआर र ६८३ को एन्टीजेन परीक्षण गर्दा क्रमशः एक हजार ६६९ र ६९ जनामा सङ्क्रमण पुष्टि भएको हो । 
 
आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ८७ हजार ५६७ पुगेको छ । त्यस्तै पछिल्लो समय थप २५१ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई  लाख ७५ हजार ८०६ रहेको छ । निको हुने दर भने ९५ दशमलव नौ प्रतिशत रहेको छ । 
 
अहिले देशभर आठ हजार ६५९ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ९२ क्वारेन्टिनमा रहेका छन् । अन्य  आइसोलेसनमा रहेका छन् । हालसम्म नेपालमा २३  लाख ६०  हजार ५५७ को पिसिआर परीक्षण भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा रिपोर्ट प्राप्त भएको मृत्यु सङ्ख्या ११ रहेको छ भने पछिल्लो १२ घण्टामा तीन जनाको मृत्यु भएको छ । 
 
हालसम्म तीन हजार १०२ ले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । पछिल्लो समय सङ्क्रमण भएकामा १९३ बालबालिका रहेका छन् । यसमा नौ वर्षसम्म उमेर समूहका ४३ र १० देखि १९ वर्ष समूहका १५० जना रहेको जनाएको छ । रासस