मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

राहुल गान्धीलाई कोरोना सङ्क्रमण पुष्टि, मोदीद्वारा स्वास्थ्यलाभको कामना

राहुल गान्धीलाई कोरोना सङ्क्रमण पुष्टि, मोदीद्वारा स्वास्थ्यलाभको कामना


नयाँ दिल्ली । भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । आफूलाई सङ्क्रमण पुष्टि भएपछि विपक्षी नेता गान्धीले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी गराएका छन् । 
 
उनले आफ्नो ट्वीटर पेजमा भनेका छन्, “सामान्य लक्षण देखिएपछि परीक्षण गर्दा मलाई कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्ला केही दिनमा मेरो निकटमा आएका सबैले आवश्यक सावधानी अपनाउँदै सुरक्षित रहनुहोला ।” यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गान्धीको स्वास्थ्यलाभको कामना गरेका छन् । 
 
गान्धीले पछिल्लो केही समयदेखि कोरोना महामारीकाबीच केरला, पश्चिम बंगाल, आसाम, तामिलनाडुलगायतका क्षेत्रमा चुनावी ¥यालीहरुमा सहभागी भएका थिए । तर, उनले पश्चिम बङ्गालमा तय गरिएका आफ्ना सबै चुनावी ¥यालीहरूलाई दुई दिन पहिले स्थगित गरेका थिए । 
 
कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गरी आफूले सबै ¥यालीहरू स्थगित गरेको र यसबारे अरु पार्टीका नेताहरूलाई पनि सोच्न गान्धीले आग्रह गरेका थिए । पिटिआई
 

शेयर गर्नुहोस:

81
Shares