मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

कांग्रेसद्वारा रामपुर कृषि क्याम्पसको घटनाको निन्दा

कांग्रेसद्वारा रामपुर कृषि क्याम्पसको घटनाको निन्दा


काठमाडौँ । नेपाली कांग्रेसले रामपुर कृषि क्याम्पस चितवनमा आज नेपाल विद्यार्थी सङ्घका विद्यार्थीमाथि सांघातिक हमला भएको भन्दै सो घट्नाको निन्दा र भत्सर्ना गरेको छ ।
 
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत शान्तिपूर्ण विचार प्रकट गर्ने र ज्ञानको अनुसन्धान गर्ने चेतनाको केन्द्र शैक्षिकस्थलमा कोहीबाट पनि हुने हिंसात्मक बल प्रयोग कहिल्यै पनि क्षम्य हुन नसक्ने उल्लेख गरेका छन् । 
 
यस्तो प्रवृत्ति देशका जुनसुकै कुनामा आफ्ना निकटबाट होस् या अन्यबाट कांग्रेस नीतिगत रुपले नै त्यसका विरुद्ध सदैव उभिने उल्लेख गर्दै उनले घटनामा घाइते भएका विद्यार्थी नेता दिपेश बानियाँ र खेमराज उपाध्यायको स्थानीय अस्पतालमा उपचार भइरहेको जानकारी गराएका छन् । 
 
सोनाम लामा र हिमाल आचार्यलगायतका विद्यार्थी पनि घाइते छन् । दोषीलाई पक्राउ गर्ने कार्य अझैसम्म नभएको उल्लेख गर्दै कांग्रेसले घटनाका दोषीलाई अविलम्ब गिरफ्तार गरी कारवाही गर्न सरकारसँग माग गरेको छ ।   
 
 
आक्रमण गर्नेलाई कारबाही गर्न माग
 
 
नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले रामपुर कृषि क्याम्पसका विद्यार्थीलाई आक्रमण गर्नेलाई पक्राउ गरी कारवाही गर्न माग गरेको छ । 
 
नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्ती जारी गरी कृषि क्याम्पस रामपुर चितवनमा अध्ययनरत विद्यार्थी दिनेश बाँनिया, खेमराज उपाध्याय, सोनाम लामा र हिमाल आचार्यमाथि साङ्घातिक आक्रमण गर्नेलाई पक्राउ गरी कारवाही गर्न माग गरेका हुन् ।  
 
“अध्ययन गर्ने पवित्र संस्थामा आपराधिक जत्थाले हतियारसहित निर्घात आक्रमण गर्दा पनि आक्रमणकारीलाई कारवाही गर्न नसक्नु दुःखद कुरा हो”, अध्यक्ष ढुङ्गानाद्वारा जारी विज्ञप्तीमा भनिएको छ । नेविसङ्घका महामन्त्री दीपक भट्टराईले विश्वविद्यालयलाई वैचारिक राजनीतिक थलो बनाउनुको सट्टा भौतिक आक्रमण गर्ने रणभूमि बनाउने दुष्प्रयास भएको बताए । 
 
विश्वविद्यालयमा डर र त्रासको वातावरण सृजना गरी राजनीतिक आधार खडा गर्ने जोकोहीलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने महामन्त्री भट्टराईको भनाइ छ । गुण्डागर्दीमा संलग्नलाई कारवाही नगरे कडा आन्दोलन गर्ने नेविसङ्घले जनाएको छ । रासस