मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

काँग्रेसले सरकारको नेतृत्व लिनुपर्छ : नेता सिंह

काँग्रेसले सरकारको नेतृत्व लिनुपर्छ : नेता सिंह


वालिङ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अब नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने बेला आएको बताएका छन् ।   
 
आज स्याङ्जाको वालिङमा आयोजित स्वतन्त्रताका सेनानी स्व सूर्यप्रसाद रेग्मीको प्रथम पुण्य स्मृति दिवस तथा श्रद्धाञ्जली समारोहलाई सम्बोधन गर्दै उनले देश कठिन मोडमा पुग्दा काँग्रेसले जिम्मेवारी काँधमा लिएर निकास दिँदै आएको छ भने ।  
 
“प्रधानमन्त्रीले  नैतिकताका आधारमा राजीनामा दिनुपर्छ” उनले भने, “अब नेपाली काँग्रेसले कठिन घडीबाट गुज्रिरहेको अहिलेको समयमा उचित निकास दिनतर्फ केन्द्रित हुनुपर्छ ।”
 
काँग्रेसको विचारधारासँगै त्यसको कार्यान्वयन पक्ष पनि राम्रो रहेको बताउँदै नेपाली काँग्रेसको विचारधारालाई जीवन्त राख्नका लागि प्रजातन्त्रका सेनानी रेग्मीलगायतका नेताहरुको त्याग, तपस्या र बलिदानी महत्वपूर्ण र सदैव स्मरणीय रहेको नेता सिंहको भनाइ थियो ।
 
नेपाली काँग्रेसको आगामी चौधौँ महाधिवेशनबाट आउने नेतृत्वले पार्टीलाई अझै सङ्गठित र सुदृढीकरण गर्दै लैजाने उनको भनाइ थियो ।
 
कार्यक्रममा काँग्रेस स्याङ्जाका पूर्व जिल्ला सभापति एवं सांसद खगेन्द्रराज रेग्मी, स्वर्गीय सूर्यप्रसाद रेग्मीकी सुपुत्री सरिता नेपालले स्वर्गीय रेग्मीले स्वतन्त्रताका लागि खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताएका थिए ।   
 
जस्तोसुकै कठिन परिस्थितिमा पनि आफ्नो स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि गरेको त्याग, तपस्या र बलिदानीलाई भुल्न नहुने बताए ।
 
सो अवसरमा आज स्वर्गीय रेग्मीको स्मृतिमा भवन निर्माण गरिने भएको छ । स्वर्गीय रेग्मीका परिवारले वालिङ–२ सिमलचौपारीमा उपलब्ध गराएको जग्गामा सूर्यप्रसाद रेग्मी स्मृति भवन बन्ने भएको हो । स्मृति भवनको नेता सिंहले शिलान्यास गरेका हुन् । यसैबीच, आजै ‘अस्ताएको सूर्य’ नामक वार्षिक श्रद्धाञ्जली कृतिको पनि विमोचन गरिएको छ । रासस