मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भारतसँगको सीमा समस्या राजनीतिक सहमतिमा : मन्त्री ज्ञवाली

भारतसँगको सीमा समस्या राजनीतिक सहमतिमा : मन्त्री ज्ञवाली


काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारतबीचको सीमा समस्या दुई देशबीचको राजनीतिक सहमतिका आधारमा समाधान गरिने बताएका छन् । 
 
नेपाल भारतमैत्री संघद्वारा आयोजित ‘सङ्घको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पद हस्तान्तरण’ कार्यक्रममा मन्त्री ज्ञवालीले अग्रज पुस्ताले गरेका सन्धिसम्झौताका आधारमा राजनीतिक तवरबाटै सीमा समस्या जतिसक्दो चाँडो समाधान हुने विश्वास व्यक्त गरे । 
 
उनले भने,“नेपाल र भारत प्रतिस्पर्धी होइनन्, एकअर्काका सहयोगी हुन्, नेपाल भारतसँगको सम्बन्धलाई उच्च महत्व दिन्छ, भारतको विकास र समृृद्धिबाट नेपालले लाभ लिन सक्छ, त्यसैले दुई देशबीचका सबै समस्या राजनीतिक सहमतिका आधारमा समाधान गर्नेछौँ ।”मन्त्री ज्ञवालीले नेपाल र भारतबीचको जनस्तरको सम्बन्ध राजनीतिक, कूटनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा विस्तार गरी अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिए । 
 
आर्थिक साझेदारी र विकास परियोजनाका कारण पनि दुई देशबीचको सम्बन्ध अझ सुमधुर भएको बताउँदै मन्त्री ज्ञवालीले जलवायु परिवर्तन र अन्तरदेशीय अपराधविरुद्ध नेपाल र भारत मिलेर अगाडि बढ्नुपर्ने धारणा राखे । 
 
सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले छिमेकी  भारतसँगको सम्बन्धलाई व्यावहारिक रुपमै प्रगाढ बनाउन सरकार प्रतिबद्ध रहेको बताए । 
 
सरकारका प्रवक्ता गुरुङले सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सबै लाग्नुपर्नेमा जोड दिए । विभिन्न कठिनाइका बीच पनि सरकार राष्ट्र र जनताका निम्ति कटिबद्ध रहेको उनको भनाइ थियो । रासस

शेयर गर्नुहोस:

0
Shares