मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा एकैदिन दुई लाख १७ हजार बढीमा कोरोना संक्रमण

भारतमा एकैदिन दुई लाख १७ हजार बढीमा कोरोना संक्रमण


नयाँ दिल्ली । भारतमा गत २४ घण्टामा थप २ लाख १७ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या एक करोड ४२ लाख ९१ हजारभन्दा बढी पुगेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।
 
भारतमा कोरोना भाइरस सङ्क्रमणको माहामारी सुरु भएयता एक दिनमा २ लाख १७ हजारभन्दा बढी संङ्क्रमित हुनु बिहीबार पहिलो पटक भएको समाचारमा जनाइएको छ । यसअघि बुधबार एक दिनमा २ लाखभन्दा बढी व्यक्ति संङ्क्रमित भएका थिए  ।
 
कोरोना सङ्क्रमणबाट  बिहीबार एकैदिनमा एक हजार १८५ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७४ हजार नाघेको छ ।पछिल्लो केहीदिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी सङ्क्रमित हुदै आएका थिए भने, बुधबार र बिहीबार २ लाख भन्दा बढी सङ्क्रमित भएका हुन्  । यो तथ्याङ्कले भारतमा नयाँ सङ्क्रमितहरुको सख्या दैनिक रुपमा बढ्दै गएको देखाएको छ । 
 
भारतमा हाल १५ लाख ६९ हजार ७४३ जना सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोपको शुरुवात भएको थियो । सो समयदेखि हालसम्म ११ करोड ७२ लाख २३ हजार भन्दा बढी व्यक्तिहरु खोप लगाइसकेका छन् ।
 
विगत केही दिनहरुमा कोभिड १९ को सङ्क्रमण उच्च रहेको छ  । सङ्क्रमण बढ्दै गएपछि विद्यालयहरुले परीक्षा रद्द र स्थगित गर्दै आएको छ  ।भारतको पश्चिम बंगालमा बाँकी रहेको चार चरणमा मतदान के गर्ने भन्ने विषयमा निर्वाचन आयोगको सहभागितामा शुक्रबार एउटा महत्त्वपूर्ण बैठक बस्ने जनाइएको छ । 
 
राष्ट्रिय राजधानी दिल्ली एक सावधानी उपायको रुपमा एक साताको क्र्फयु शुक्रबार रातिबाट सुरु भएको छ । सिन्ह्वा